हत्याको आशंका
भक्तपुरमा खुट्टा बाँधिएको अवस्थामा महिला मृत फेला
बिहीबार, २९ कात्तिक २०८१, ११ : २१

काठमाडौँ । भक्तपुर नगरपालिका वडा नम्बर–३ स्थित दरबार स्क्वायरमा महिला मृत भेटिएकी छन् । ९४ वर्षीया विष्णु कुमाारी त्वयनाको खुट्टा बाँधिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
त्वयना आफ्नै घरको चौथो तलामा मृत भेटिएकी हुन् । उनको दुवै खुट्टा बाँधिएको हुनाले हत्या भएको प्रहरीको आशङ्का छ ।
नेपाल प्रहरी केनाइन कार्यालयबाट तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको डीएसपी नेउपानेले जानकारी दिए । शव पोस्टमार्टमका लागी दुवाकोट स्थित नेपाल मेडिकल कलेजमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड
-
शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै