हत्याको आशंका
भक्तपुरमा खुट्टा बाँधिएको अवस्थामा महिला मृत फेला
बिहीबार, २९ कात्तिक २०८१, ११ : २१
काठमाडौँ । भक्तपुर नगरपालिका वडा नम्बर–३ स्थित दरबार स्क्वायरमा महिला मृत भेटिएकी छन् । ९४ वर्षीया विष्णु कुमाारी त्वयनाको खुट्टा बाँधिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
त्वयना आफ्नै घरको चौथो तलामा मृत भेटिएकी हुन् । उनको दुवै खुट्टा बाँधिएको हुनाले हत्या भएको प्रहरीको आशङ्का छ ।
नेपाल प्रहरी केनाइन कार्यालयबाट तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको डीएसपी नेउपानेले जानकारी दिए । शव पोस्टमार्टमका लागी दुवाकोट स्थित नेपाल मेडिकल कलेजमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
-
गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति
-
वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम
-
दुई आईजी अमेरिका प्रस्थान
-
दलाई लामाको जन्मदिनमा औपचारिक कार्यक्रम र जुलुस गर्न नदिने सुरक्षा समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण