लन्डनमा भएको बिजनेस समिटमा नेपाली कम्पनीलाई तृतीय स्थान
लन्डन । नेपाली कम्पनी पीएमपीएस कन्सल्टिङले हिथ्रो बिजनेस समिट २०२४ मा भाग लिएको छ । साना तथा मझौला उद्यमहरु (एसएमई), आपूर्तिकर्ता तथा हिथ्रोस्थित रणनीतिक साझेदारहरुलाई प्ल्याटफर्म उपलब्ध गराएर स्थानीय समुदायको आर्थिकवृद्धिमा सघाउने उद्देश्यले आयोजना गरिएको उक्त एक्स्पोमा पीएमपीएस कन्सल्टिङसहित ४५ वटा एसएमई एवं १५ वटा रणनीतिक साझेदारहरुले आफ्नो उत्पादन, सीप तथा सेवाबारे प्रदर्शन गरे ।
एक्स्पोमा ६ वटा कार्यशाला गोष्ठी तथा अन्य सत्रहरु पनि आयोजना गरिएको थियो । एसएमई एक्जिबिटर कम्पिटिसनमा पीएमपीएस कन्सल्टिङले तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ।
‘पीएमपीएस कन्सल्टिङ र मेरो व्यक्तिगत तर्फबाट पनि म हामीलाई मत दिनु हुने ४०० भन्दा बढी दर्शक तथा सहभागीहरु र यो सफलता हासिल गर्न सघाउने पीएमपीएस टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ ‘पीएमपीएस कन्सल्टिङका निर्देशक वरिष्ठ इन्जिनियर सुबोध तिमिल्सिनाले भने, “यो हाम्रा लागि अत्यन्तै स्मरणीय र सफल सहभागिता रह्यो ।‘
तिमिल्सिनाले अत्यन्त उपयोगी प्रदर्शनी आयोजना गरेकामा हिथ्रो विमानस्थल, हिलिङ्डन च्याम्बर अफ कमर्श तथा व्यवसायिक समूहहरुलाई पनि धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण