गुल्मीको मुसिकोटमा उपनिर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना
शुक्रबार, ३० कात्तिक २०८१, १६ : २२
बुटवल । गुल्मीको मुसिकोट नगरपालिका १ नम्बर वडामा हुने स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनअन्तर्गत शुक्रबार मुसिकोट नगरपालिकाको १ नम्बर वडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत युवराज गौतमले कार्यालय स्थापना भएको बताएका छन् । उक्त अवसरमा गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गरै, डीएसपी शङ्कर पोखरेल, राजनीति दलका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।
मुसिकोट नगरपालिका १ नम्बर वडामा रिक्त रहेको वडा अध्यक्ष पदको निर्वाचन हुँदैछ । जसमा नेपाल कांग्रेसले आनन्द श्रेष्ठ, एमालेले दल बहादुर थापा, माओवादी केन्द्रका दुर्गा बहादुर विक उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण