भारतीय प्रधानमन्त्री चढ्ने विमानमा प्राविधिक समस्या, राहुल गान्धी सवार हेलिकोप्टर पनि थन्कियो
शुक्रबार, ३० कात्तिक २०८१, १६ : २३
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सवार विमानमा प्राविधिक समस्या देखिएको छ । चुनाव प्रचार कार्यक्रम अन्तर्गत झारखण्ड पुगेका मोदी विमानमा देखिएको समस्याका कारण दिल्ली फर्किन ढिलो हुने जनाइएको छ ।
मोदीको विमान देवघर विमानस्थलमा छ । विमानमा देखिएको समस्या समाधान गर्न प्राविधिकको टोली खटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबिच प्रतिपक्षी दल कांग्रेस आईका नेता राहुल गान्धी सवार हेलिकोप्टर पनि थन्किएको छ । गान्धी पनि चुनाव प्रचारकै क्रममा झारखण्ड पुगेका थिए ।
राहुल गान्धीले प्रयोग गरेको हेलिकोप्टर झारखण्डकै गोड्डामा थन्किएको हो । उक्त होलिकोप्टरलाई एयर ट्राफिक सर्भिस (एटिएस)ले ‘क्लियरेन्स’ नदिएका कारण उड्न नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण