जर्मन चान्सलर स्कोल्जद्वारा पुटिनलाई युक्रेनसँग वार्ता गर्न आग्रह
बर्लिन । करिब दुई वर्षपछिको पहिलो फोन वार्तामा जर्मन चान्सलर ओलाफ स्कोल्जले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग शान्ति वार्तामा संलग्न हुन आग्रह गरेका छन् ।
“स्कोल्जले युक्रेनविरुद्धको रुसको आक्रमणको निन्दा गर्नुभयो र राष्ट्रपति पुटिनलाई यसलाई अन्त्य गर्न तथा सेना फिर्ता लिन आह्वान गर्नुभयो”, चान्सलरका प्रवक्ता स्टेफेन हेबेस्ट्रिटले विज्ञप्तिमा भनेका छन्, “जर्मन नेताले “न्यायपूर्ण र स्थायी शान्ति प्राप्त गर्ने उद्देश्यले युक्रेनसँग वार्ता गर्ने इच्छा देखाउन रुसलाई आग्रह गर्नुभयो ।”
चान्सलर स्कोल्जले रुसी आक्रामकता विरुद्धको लडाइँमा युक्रेनलाई आवश्यक हुँदासम्म समर्थन गर्ने जर्मनीको अटल दृढतालाई पनि जोड दिए । युद्धको महत्त्वपूर्ण मोडमा यो आह्वान आएको छ । युक्रेनी सेनाहरू दबाबमा आइरहेका छन् र संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा विजयले किएभलाई वासिङ्टनको निरन्तर समर्थनमा शङ्का उत्पन्न गरेको छ ।
स्कोल्ज र पुटिनबिच सन् २०२२ डिसेम्बरपछि पहिलो पटक कुराकानी भएको र कुराकानी एक घन्टासम्म चलेको जर्मन सरकर स्रोतले बताएको छ । “स्कोल्जले विशेष गरी युक्रेनमा नागरिक पूर्वाधारमाथि रुसी हवाई हमलाको निन्दा गरे”, सरकारी स्रोतले भन्यो, “उहाँले युक्रेनविरुद्ध लडाइँका लागि उत्तर कोरियाली सैनिकहरू रुसमा पठाउँदा द्वन्द्व गम्भीर रूपमा बढ्ने र विस्तार हुने कुरा स्पष्ट पार्नुभयो ।”
क्रेमलिनले कुराकानीको आफ्नो रिडआउटमा दुई नेताहरूले ‘स्पष्ट विचार आदानप्रदान’ गरेको र यो आह्वान जर्मनीले सुरु गरेको बताएको छ । “सम्भावित सम्झौताहरूले रूसी सङ्घको सुरक्षा चासोलाई ध्यानमा राख्नुपर्दछ, नयाँ क्षेत्रीय वास्तविकताहरूबाट अगाडि बढ्नुपर्दछ र सबैभन्दा महत्त्वपूर्ण रूपमा द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नुपर्दछ”, क्रेमलिनले भनेको छ ।
पुटिनसँगको फोन कुराकानी गर्नुअघि स्कोल्जले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुराकानी गर्नुभएको प्रवक्ता हेबेस्ट्रिटले बताए । “जर्मन र युक्रेनी नेताले पहिले नै कुरा गर्नुभएको थियो र रुसी राष्ट्रपतिसँगको कुराकानीपछि फेरि गर्नुहुनेछ”, प्रवक्ताले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण