स्पेन समूहको शीर्ष स्थानमा पक्का
शनिबार, ०१ मङ्सिर २०८१, ०६ : ५४
पार्केन । डेनमार्कलाई हराउँदै स्पेनले यूईफए नेसन्स लिगको समूह ए४को शीर्ष स्थान पक्का गरेको छ । शुक्रबार राति भएको खेलमा स्पेन २–१ गोलले विजयी बनेको हो ।
युरोपियन च्याम्पियन टोली यसअघि नै क्वार्टरफाइनलका लागि छनोट भने भइसकेको थियो । खेलको १५ औँ मिनेटमा मिकेल ओयार्जाबालले आयोजे पेरेजको पासमा टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफमा पेरेज आफैले टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर गुस्ताभ इसाकसेनले डेनमार्कका लागि एक गोल फर्काए । तर, त्यसपछि भने कुनै गोल हुन सकेन ।
पराजयपछि डेनमार्कले अर्को चरणमा पुग्न थप मेहनत गर्नुपर्ने भएको छ । टोली दोस्रो स्थानमा कायम रहे पनि सोमबार सर्बियाविरुद्ध टोलीले निर्णायक खेल्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण