जसपा नेपालबाट कीर्तिपुरको मेयर र वडा अध्यक्षमा तेस्रो लिङ्गी उम्मेदवार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा २ जना तेस्रो लिङ्गी महिलालाई उम्मेदवार बनाउने भएको छ। कीर्तिपुर नगरपालिकाको मेयर र वडा नं ४ को अध्यक्षमा तेस्रो लिङ्गीलाई उम्मेदवार बनाउने निर्णय जसपा नेपालले गरेको हो।
राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता र प्रतिनिधित्वको आवाज उठाउँदै आएको मायाको पहिचान नेपालको पहलमा जसपा नेपालले उम्मेदवारी दर्ताका लागि पार्टीको आधिकारिक पत्र शुक्रबार प्रदान गरेको छ।
तेस्रो लिङ्गी महिला एवं कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जन र स्वयंसेवी मौनी महर्जनले जसपा नेपालबाट उम्मेदवारी दर्ता गर्ने आधिकारिक पत्र बुझेका छन्। जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेल, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्र सिं दनुवारलाई साथै राखेर हनि र मौनीलाई उम्मेदवार दर्ता गर्ने पार्टीको आधिकारिक पत्र हस्तान्तरण गरे।
जसपा नेपालले उम्मेदवारको पत्र दिएसँगै मायाको पहिचान नेपालले शनिबार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणाबारे जानकारी दिन लागेको जनाएको छ। मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले शनिवार बिहान ११ बजे अनामनगर सिंहदरबारको पूर्वी गेट अगाडि पत्रकार सम्मेलन राखिएको जानकारी दिए।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई नेतृत्व र प्रतिनिधित्व गरेर हनि र मौनीले उम्मेदवारी घोषणा गर्ने उनले बताए। हनि तेस्रो लिङ्गी पथप्रदर्शक पनि हुन्। उनी पर्यटक गाइड गर्छिन्।
कीर्तिपुरमा हनि तेस्रो लिङ्गीसँगै टुरिस्ट गाइडले पनि परिचित छन्। मौनी तेस्रो लिङ्गी मोडलको रूपमा परिचित बन्दै गएकी छन्। हनि र मौनीको राजनीतिमा यो पहिलो प्रयास हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण