दर्शनार्थी पर्यटकले घेरिएको मुक्तिनाथ (तस्बिरहरू)
मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्लो समय दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । ठुला चाडपर्वपछि यस क्षेत्रमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुने गरेको छ ।
मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको पर्यटकीय स्थलहरूको भ्रमणमा आउने पर्यटकहरू उल्लेख्य मात्रामा वृद्धि भएका मुक्तिनाथ विकास समितिका व्यवस्थापक रबिन सुवेदीले बताए । उनका अनुसार पछिल्लो एकसातायता दैनिक चार हजार बढी धार्मिक पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरिरहेका छन् ।
मुस्ताङ भित्रिएका पर्यटकमध्ये अधिकांशको पहिलो रोजाइ मुक्तिनाथ पर्ने गरेको छ । मन्दिर नजिक रानीपौवा बजार क्षेत्रमा ३५ वटा सुविधायुक्त होटेल सञ्चालनमा रहेका बन्दै व्यवस्थापक सुवेदीले अहिले सबै होटेल दैनिकजसो धार्मिक पर्यटकले भरिभराउ हुने बताए ।
इलाका प्रहरी कार्यालय मुक्तिनाथका अनुसार अहिले आउनेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक छन् । विदेशी पर्यटकमध्ये अधिकांश छिमेकी मुलुक भारतका छन् । चक्रीय अन्नपूर्ण पदमार्गको थोराङभञ्ज्याङ चढेर आउने तेस्रो मुलुकका पर्यटकले पनि मुक्तिनाथको दर्शन गर्ने गरेका मुक्तिनाथ विकास समितिले जनाएको छ ।
मुक्तिनाथमा दर्शन गर्नाले मनोकामना पूरा हुने र सुख, शान्तिको बास हुने जनविश्वास रहेको छ । मन्दिर परिसरमा रहेका एक सय आठ धारा र मन्दिरको अगाडी रहेको जलकुण्डमा स्नान गरेपछि मन्दिरमा पूजा गर्ने चलन रहेको पुजारी सुवेदीले जानकारी दिए ।
मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा, लेतेसहित म्याग्दीका अधिकांश होटेल भरिभराउ भएका छन् । पर्यटकको आगमन बढेसँगै आयआर्जन वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।
_dsFfmZ6cuN.jpg)
_S6BlMZLOO7.jpg)
_ztTxm70CYK.jpg)
_dmrexWntHK.jpg)
_EhJh6XbVza.jpg)
_Ls0W7OeJO5.jpg)
_8tVjyhxKvx.jpg)
_2ggggUqpEb.jpg)
_i5ddRyTo8W.jpg)
_Y6v0INQnzs.jpg)
_yaJOsSMA0O.jpg)
_XPaaLgMjKS.jpg)
_cE5dwYuT75.jpg)
_wRDw9kCgOD.jpg)
_oxcKkknse5.jpg)
_WGsVnJge24.jpg)
_XD1qI0AFGB.jpg)
_bCKy858Wn5.jpg)
_oIYrDPfFmi.jpg)
_OyiZ7RyDXo.jpg)
_JkpID5VnTJ.jpg)
_88V9y2CVXq.jpg)
_6IGKrME4Rk.jpg)
_IHUyCADDx1.jpg)
_0AWBMgHv4g.jpg)
_HrBBJHI9db.jpg)
_Yv2xRW0di7.jpg)
_jloCbgcjoa.jpg)
_SUcYEEf8hR.jpg)
_didlPMwwGJ.jpg)
_QnbpLuPDbD.jpg)
_GlwgHABTA9.jpg)
_eNi52OY9bb.jpg)
_jveOvRmPOg.jpg)
_Tfx7uWDgrv.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण