नाट्टा लुम्बिनीको अध्यक्षमा थापा निर्वाचित
आइतबार, ०२ मङ्सिर २०८१, १३ : ३२
बुटवल । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) लुम्बिनी प्रदेशको अध्यक्षमा चन्द्र थापा निर्वाचित भएका छन्।
नाट्टा लुम्बिनीको बुटवलमा भएको १२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनले थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा कुलचन्द्र पाण्डे, द्वितीय उपाध्यक्षमा गोविन्द सिंह, तृतीय उपाध्यक्षमा अञ्जनकुमार श्रेष्ठ निर्वाचित भएका निर्वाचन निर्वाचन अधिकृत अधिवक्ता युवराज कँडेलले जानकारी दिए।
यस्तै महासचिवमा सिता बस्याल, सचिवमा अंकित जयसवाल, कोषाध्यक्षमा प्रदीपकुमार पोखरेल र सह कोषाध्यक्षमा विराट श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा जीवनाथ पौडेल, गणेश भट्टराई, टक काफ्ले, गौरव पाण्डे, भुवन पाण्डे, प्रदीपप्रसाद उदय र मित्र शरण शर्मा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण