मुद्दती निक्षेपमा १ अर्ब २७ करोड राख्दै राष्ट्र बैंक
आइतबार, ०२ मङ्सिर २०८१, १८ : ३७
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब २७ करोड रुपैयाँ राख्ने भएको छ । वाणिज्य बैंक विकास बैंक तथा वित्त कम्पनी समेतमा गरी सो बराबरको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको राष्ट्र बैंकले जनाएकाे छ ।
त्यसमध्ये वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख, विकास बैंकका १९ करोड ५ लाख र वित्त कम्पनीमा ६ करोड ६५ लाख रुपैयाँ राखिने उल्लेख गरिएको छ ।
सञ्चालनमा आएको २ वर्ष पूरा भएको, न्यूनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको लगायत प्रावधान पुगेका बैंकहरु ब्याजदर बोलबकोलमार्फत् निक्षेप प्रतिस्पर्धामा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । यो मुद्दती निक्षेपको अवधि ३६६ दिनको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण