मुद्दती निक्षेपमा १ अर्ब २७ करोड राख्दै राष्ट्र बैंक
आइतबार, ०२ मङ्सिर २०८१, १८ : ३७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब २७ करोड रुपैयाँ राख्ने भएको छ । वाणिज्य बैंक विकास बैंक तथा वित्त कम्पनी समेतमा गरी सो बराबरको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको राष्ट्र बैंकले जनाएकाे छ ।
त्यसमध्ये वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख, विकास बैंकका १९ करोड ५ लाख र वित्त कम्पनीमा ६ करोड ६५ लाख रुपैयाँ राखिने उल्लेख गरिएको छ ।
सञ्चालनमा आएको २ वर्ष पूरा भएको, न्यूनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको लगायत प्रावधान पुगेका बैंकहरु ब्याजदर बोलबकोलमार्फत् निक्षेप प्रतिस्पर्धामा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । यो मुद्दती निक्षेपको अवधि ३६६ दिनको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’