राष्ट्र बैंकले कमायो ५४ बैंक तथा वित्तीय संस्थाको भन्दा बढी नाफा
आइतबार, ०२ मङ्सिर २०८१, २१ : १४
काठमाडौँ । नेपाल राष्ट्र बैंक एक्लैले सञ्चालनमा रहेका सबै बैंक तथा वित्तीय संस्थाको भन्दा बढी नाफा कमाएको छ ।
बैंकले अर्थ मन्त्रालयमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकले ७३ अर्ब ७६ करोड २३ लाख रुपैयाँ खुद आम्दानी कमाएको हो । यो रकम अघिल्लो वर्षको भन्दा करिब २२ प्रतिशत बढी हो ।
बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा ७१ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका थिए । यो सरकारलाई तिरेको करपछिको खुद नाफा हो । राष्ट्र बैंकले भने सरकारलाई आयकर तिर्नु पर्दैन ।
अहिले देशमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी गरी ५४ वटा बैंक तथा वित्तीय संस्थाहरू अस्थित्वमा छन् । ती सबैले कमाएको भन्दा बढी नाफा राष्ट्र बैंक एक्लैले कमाएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण