काठमाडौं गुर्खाजको क्रिकेट एम्बासडरमा इन्दु बर्मा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजले आफ्नो क्रिकेट एम्बासडरमा नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई घोषणा गरेको छ ।
काठमाडौंमा आईतवार एक समारोहका बीच काठमाडौं गुर्खाजले ब्राण्ड एम्बासडरमा इन्दुलाई घोषणा गरेको हो । सोही अवसरमा काठमाडौंले आफ्नो जर्सी पनि सार्वजनिक गरेको थियो ।
मार्की खेलाडी करण केसी नयाँ जर्सीमा उपस्थित भए । काठमाडौं गुर्खाजले बाजागाजासहित काठमाठौंको संस्कृति र पहिचान झल्कने किसिमको प्रश्तुतीहरू देखाएको थियो । नेवारी भेष नृत्य र लाखे नाच पनि प्रश्तुत गरिएको थियो । अक्सनबाट समावेश खेलाडीलाई सुटसहित स्टेज उपस्थिति गराउँदै काठमाडौं गुर्खाजले आफ्नो तयारी विशेष रहेको सन्देश दियो ।
सोही कार्यक्रमका बीच काठमाडौंको आफ्नो मुख्य प्रायोजकमा बिवाइडीलाई घोषणा गरेको छ । उक्त कार्यक्रममा काठमाडौं गुर्खाजका अध्यक्ष उपेन्द्र महतो, नेपाल क्रिकट संघ (क्यान) का सचिव पारस, खड्का, टिम मालिक श्रृंखला खतिवडा र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थिए । काठमाडौंको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी छन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहयाक प्रशिक्षकसमेत हुन् । काठमाडौं गुर्खाजका अन्य खेलाडी साहव आलम, भीम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठ छन् ।
काठमाडौं गुर्खाजले विदेशी खेलाडीमा नेदरल्याण्ड्सका माइकल लेभिट, नामिबियाका कप्तान जेरार्ड इरासमस, इङ्ल्याण्डका क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुवन्ध गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण