राष्ट्रिय कृषि कम्पनीमा रोजगारीको अवसर, एकै पटक १६१ जनाभन्दा बढी कर्मचारी माग
सोमबार, ०३ मङ्सिर २०८१, १६ : ०४
काठमाडौँ । नेपालको कृषि क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले कृषि रूपान्तरण र किसान सशक्तीकरणका लागि स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले केन्द्रीय कार्यालय मध्यपुर थिमि भक्तपुर तथा देशका विभिन्न जिल्लामा सञ्चालनमा आउन लागेका शाखा कार्यालयहरूका लागि फुल टाइम र पार्ट टाइम गरी १६१ जनाभन्दा बढी कर्मचारीको लागि आवेदन माग गरेको अध्यक्ष तथा कार्यकारी प्रमुख विशाल हुमागाईले बताए ।
कामप्रति प्रतिबद्ध र तोकिएको योग्यता पुगेका व्यक्तिहरूले अनलाइनमार्फत पेस गर्न सक्ने जनाइएको छ । इच्छुक उम्मेदवारले २०८१ पौष १ गतेभित्र आवेदन पेश गरी सक्नुपर्नेछ । कम्पनीका अनुसार आवेदन पेस गर्दा कुनै शुल्क लाग्ने छैन ।
सूचना हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण