राष्ट्रिय कृषि कम्पनीमा रोजगारीको अवसर, एकै पटक १६१ जनाभन्दा बढी कर्मचारी माग
सोमबार, ०३ मङ्सिर २०८१, १६ : ०४

काठमाडौँ । नेपालको कृषि क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले कृषि रूपान्तरण र किसान सशक्तीकरणका लागि स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले केन्द्रीय कार्यालय मध्यपुर थिमि भक्तपुर तथा देशका विभिन्न जिल्लामा सञ्चालनमा आउन लागेका शाखा कार्यालयहरूका लागि फुल टाइम र पार्ट टाइम गरी १६१ जनाभन्दा बढी कर्मचारीको लागि आवेदन माग गरेको अध्यक्ष तथा कार्यकारी प्रमुख विशाल हुमागाईले बताए ।
कामप्रति प्रतिबद्ध र तोकिएको योग्यता पुगेका व्यक्तिहरूले अनलाइनमार्फत पेस गर्न सक्ने जनाइएको छ । इच्छुक उम्मेदवारले २०८१ पौष १ गतेभित्र आवेदन पेश गरी सक्नुपर्नेछ । कम्पनीका अनुसार आवेदन पेस गर्दा कुनै शुल्क लाग्ने छैन ।
सूचना हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा