राकेश रोशनले गरे सन्यासको घोषणा
नयाँ दिल्ली । बलिउडका चर्चित निर्देशक–निर्माता राकेश रोशनले निर्देशनबाट सन्यासको घोषणा गरेका छन् । यद्यपि, उनले आफ्नो ब्यानर फिल्मक्राफ्ट प्रडक्शन्सबाट आफ्नो छोरा अभिनेता ऋतिक रोशनको मुख्य भूमिका रहेको सुपरहिरो फिल्म क्रिश ४ को भने छिटै घोषणा गर्ने बताएका छन् ।
‘मलाई लाग्दैन कि मैले थप फिल्म निर्देशन गर्नुपर्छ । तर म छिट्टै क्रिश ४ को घोषणा गर्नेछु ।’ राकेशले पूष्टि गरेको भन्दै हिन्दुस्तान टाइम्सले समाचार छापेको छ । यहि वर्षको सुरुमा ऋतिकको ब्यङ्ग, वार र फाइटर फिल्मका निर्देशक सिद्धार्थ आनन्दले आफ्नो एक्स ह्यान्डलमा क्रिशको पहिरनमा कुनै फ्यानले पोष्ट गरेका ऋतिकको तस्वीर पुनः पोष्ट गर्दै ‘उ छिटै फर्केर आउँदैछ’ भनेर क्याप्सनमा हालेका थिए ।
राकेश रोशनले सन् २००३ मा ‘कोही मिल गया’ बाट क्रिश फ्रेन्चाइजी सुुरु गरेका थिए । फिल्ममा ऋतिकले रोहित र उनको छोरा कृष्णा ऊर्फ क्रिशको भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण