दोस्रो श्रेणीमा बढुवा भयो उत्तरी आयरल्यान्ड
काठमाडौँ । उत्तरी आयरल्यान्ड यूईएफए नेसन्स लिग फुटबल प्रतियोगिताको दोस्रो श्रेणीमा बढुवा भएको छ । हाल उत्तरी आयरल्यान्ड नेसन्स लिगको तेस्रो श्रेणीमा रहेको छ ।
उत्तर आयरल्यान्ड सोमबार राति सम्पन्न खेलमा लग्जम्बर्गलाई २–२ गोलको बराबरीमा रोक्दै नेसन्स लिगको दोस्रो श्रेणीमा बढुवा भएको हो ।
खेलमा सुरुवाती अग्रता पनि उत्तरी आयरल्यान्डले नै लिएको थियो । खेल सुरु भएको १८औँ मिनेटमै उत्तरी आयरल्यान्डका लागि आइज्याक प्राइसले पहिलो गोल गरेका थिए ।
निर्धारित समयको ५०औँ मिनेटमा कोनोर ब्राड्लीले उत्तरी आयरल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि चार मिनेटको बिचमा लग्जम्बर्गले लगातार दुई गोल फर्काएको थियो ।
निर्धारित समयको ७२औँ मिनेटमा सिड कोराकले लग्जम्बर्गका लागि पहिलो गोल फर्काएका थिए । ७५औँ मिनेटमा गेर्सन रोड्रिग्सले टोलीका लागि दोस्रो गोल गरेका थिए ।
बराबरीपछि खेलको अन्तिम १५ मिनेट निकै तनावपूर्ण बन्यो । दुबै टोलीले एक–अर्काको पोष्टमा केही गतिला प्रहार गरे पनि त्यसपछि थप गोल भने हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण