रहेनन् अभिनेत्री मुनमुन सेनका पति भरत देव
नयाँ दिल्ली । भारतीय अभिनेत्री मुनमुन सेनका पति भरत देव वर्माको निधन भएको छ । नोभेम्बर १९ मा कोलकातास्थित आफ्नै घरमा बिहान ९ बजे उनको निधन भएको हो । रिपोर्टका अनुसार उनको शारीरिक अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल लैजान कोलकाताको ढकुरियास्थित निजी अस्पतालबाट एम्बुलेन्स पठाइएको थियो । तर, एम्बुलेन्स घर पुग्नुअघि नै उनी निष्प्राण भए ।
मृत्युको कारण खुल्न बाँकी
भरतकी हजुरआमा इन्दिरा वडोदराका महाराजा सेरजी राव गायकवाड तृतीयकी एक्ली छोरी थिइन् । भरतले अभिनेत्री मुनमुन सेनसँग विवाह गरेका थिए । उनी अभिनेत्री राइमा सेन र रिया सेनका पिता हुन् । मुनमुन अभिनेत्री र पूर्व तृणमूल लोकसभा सांसद हुन् । घरमा एम्बुलेन्स पुग्न अघि नै भरत देव बर्माको मृत्यु भइसकेको बताइएको छ । मृत्युको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भरत देव वर्माको निधनमा शोक व्यक्त गरेकी छन् । ट्विट गर्दै वर्माको मृत्युले आफू दुःखी भएको बनर्जीले भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण