ललितपुरमा कबीर खानले फिल्म निर्देशन सिकाउने
काठमाडौँ । बलिउड निर्देशक कबीर खानले निर्देशन सिकाउने भएका छन् । ६ मंसिर बिहीबारदेखि ९ मंसिर आइतबारसम्म ललितपुरको यलमाया केन्द्रमा आयोजना हुने ‘साउथ एसिया फिल्म महोत्सवमा’ कबीरको समेत कार्यशाला राखिएको छ ।
बलिउड फिल्महरु ‘चन्दु च्याम्पियन’, ‘फ्यान्टम’, ‘बजरंगी भाइजान’, ‘एक था टाइगर’, ‘काबुल एक्सप्रेस’, ८३’ जस्ता फिल्मबाट निर्देशक खान परिचित छन् ।
महोत्सवको ओपनिङ फिल्मको रूपमा भुटानी डकुमेन्ट्री ‘एजेन्ट अफ ह्यापिनेस’ छ । अरुण भट्टराई र डोरोत्या जुर्बो निर्देशित यो वृत्तचित्रले भुटानको ग्रस नेसनल ह्यापिनेसको सूचकांकाबारे भन्छ । यो फिल्मले दुई सरकारी अधिकारीलाई पछ्याउँछ, जब उनीहरूले नागरिकलाई उनीहरूको खुसीको बारेमा सोध्छन् र जीवनको उद्देश्यको खोजी गर्छन् ।
महोत्सवमा नेपालसहित दक्षिण एसियाली मुलुकका छोटा फिल्म र डकुमेन्ट्री प्रदर्शन हुने आयोजक हिमाल साउथ एसियाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण