दुर्गा प्रसाईंको घरबाट पक्राउ परेका ९ जनालाई मुद्दा चलाउने निर्णय
काठमाडौँ । भक्तपुरस्थित दुर्गा प्रसाईंको घरबाट पक्राउ गरिएका ९ जनालाई प्रहरीले मुद्दा चलाउने भएको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध ९ जनालाई मुद्दा चलाउने निर्णय गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा देवी सङ्ग्रौला, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदिप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी बराइली र रमेश ठकुरी छन् । उनीहरूलाई मुलुकी अपराध संहिता–२०७४ अन्तर्गत अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखिएको छ । आरोपीहरू विरुद्ध भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
मङ्सिर ७ मा प्रसाईं नेतृत्वको समूहले काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेको छ । भड्काउपूर्ण आन्दोलन गर्न सक्ने आशंकमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । तर, प्रहरीले उनीहरूलाई प्रसाईंलाई पक्राउ गर्न खोज्दा प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दुष्प्रचार गरेको आरोपमा प्रसाईलाई सीआईबीले मङ्सिर ४ मा पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण