वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यक : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्पछि मुलुकका मुख्य राजमार्गहरूको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्ने आवश्यक रहेको बताएका छन् । बुधबार सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आयोजना गरिएको पूर्वाधार, जलश्रोत, जलवायु लगायत क्षेत्रका विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री दाहालले मुलुकका मुख्य राजमार्गहरूको विकल्पमा अन्य राजमार्ग बनाउन आवश्यक देखिएकाले सरकारले छलफल अगाडि बढाएको बताए । उनले बाढी, पहिरोले निम्त्याएको विपद्पछि वैकल्पिक राजमार्ग बनाउन जरुरी देखिएको उल्लेख गरे । उनले नागढुङ्गा–मुग्लिङ सडकको विकल्पको रूपमा सोच्नुपर्ने अवस्था रहेको बताए । उनले बिपी राजमार्गको विकल्पको रूपमा अर्को सडक बनाउने विषयमा सरकारले सोची रहेको बताए । उनले विज्ञहरूले नदी किनारमा सडक बनाउन नहुने सुझाव दिएको भन्दै सो विषयमा सरकार गम्भीर रहेको पनि बताए ।
उनले भने,‘अहिले भएका राजमार्गहरूको विकल्पमा अन्य सम्भावित राजमार्गहरू निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यो विषयमा सरकारले सोचिरहेको छ । बाढी पहिरोको विपद्पछि सरकारले वैकल्पिक सडक निर्माण गर्ने विषय सोचिरहेका छौँ । छलफल पनि भएको छ । नागढुङ्गा सडकको विकल्पको रूपमा सोच्नुपर्ने अवस्था छ । बिपी राजमार्गको विकल्पको रूपमा अर्को सडक सोच्नुपर्ने भएको छ ।’
मन्त्री दाहालले असोजमा आएको बाढी पहिरोले क्रसरहरु उद्योगमा ठुलो क्षति भएको भन्दै निर्माण सामाग्रीको अभाव हुनसक्ने सुझाव आएकाले क्रसर ठिक ढङ्गले नियमन गरेर अगाडि बढ्न जरुरी रहेको बताए । छलफलका क्रममा विज्ञहरूले जलवायु परिवर्तनको प्रभाव र असरलाई मध्यनजर गरी पूर्वाधार निर्माणका योजनाहरू बनाउन सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण