भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकाले लगायो ठगीको आरोप
एजेन्सी । अमेरिकाले भारतीय अर्बपति गौतम अडानीमाथि ठगीको आरोप लगाएको छ । अडानीमाथि अमेरिकामा ठेक्का अनुबन्धका लागि २५० मिलियन डलर घुस दिने योजना बनाएको र त्यसलाई लुकाउने प्रयत्न गरेको आरोप लागेको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।
अडानी समूह सन् २०२३ देखि नै सन्देहको घेरामा काम गरिरहेको बताइन्छ । बुधबार न्युयोर्कमा दायर गरिएको एक आरोप पत्रमा ६२ वर्षीय अडानीमाथि आफ्नो नविकरणीय ऊर्जा कम्पनीको ठेक्का अनुबन्धका लागि भारतीय अधिकारीहरुलाई रकम मुक्तानी गर्ने प्रतिवद्धता जनाएको भनी उल्लेख गरिएको बीबीसीले जनाएको छ । जुन योजनामा २० वर्षमा २ बिलियन डलरभन्दा बढी मुनाफा हुने अनुमान गरिएको थियो ।
एक शीर्षस्थ कम्पनीले अडानी समूहले ठगी गरिरहेको भन्दै रिपोर्ट प्रकाशित गरेको थियो । जसको अडानीले खण्डन गरेका थिए । उनले घुसखोरीबारेको उक्त रिपोर्टलाई भ्रामक भनेका थिए, जुन महिनौंदेखि घुमिरहेको छ ।
अमेरिकी न्यायाधिवक्ता ब्रिओन पिसले भनेका छन्, ‘प्रतिवादीहरूले भारतीय सरकारी अधिकारीहरूलाई अरबौं डलरको ठेक्काहरू सुरक्षित गर्न घुस दिनको लागि विस्तृत योजना बनाए र उनीहरूले अमेरिकी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट पूँजी जुटाउन खोज्दा घुसखोरीको योजनाबारे झूट बोलेका थिए ।’
उनले अगाडि थपे, ‘मेरो कार्यालय अन्तर्राष्ट्रिय बजारमा भ्रष्टाचारलाई जरैदेखि उखेल्न र हाम्रो वित्तीय बजारको अखण्डताको मूल्यलाई थप समृद्ध बनाउन तथा लगानीकर्ताहरूलाई जोगाउन प्रतिवद्ध छ ।’ अडानीले घुस योजनालाई अगाडि बढाउन सरकारी अधिकारीहरूसँग व्यक्तिगत रूपमा भेटेको समेत त्यहाँका अधिकारीहरूले जिकिर गरेका छन् ।
अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिन्छन् । उनले लामो समयदेखि विपक्षी राजनीतिज्ञहरूको सामना गर्दै आएका छन् । अमेरिकामा न्यायाधिवक्ता राष्ट्रपतिले नियुक्त गर्ने परम्परा छ । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा चुनाव जितेको केही हप्ता पछि, अमेरिकी न्याय विभागलाई फेरबदल गर्ने वाचा गरेलगत्तै यो फाइल बाहिर आएको हो । तर, अडानीले गत हप्तामात्रै सामाजिक सञ्जालमार्फत ट्रम्पले चुनाव जितेकामा बधाई दिंदै अमेरिकामा १० बिलियन डलर लगानी गर्ने बाचा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण