नेपाली यू–१९ टोलीले जित्यो कर्नाटकविरुद्धको एकदिवसीय शृंखला
बिहीबार, ०६ मङ्सिर २०८१, १६ : २९
काठमाडौँ । एसीसी यू–१९ एसिया कपको तयारीमा रहेको नेपाली टोलीले भारतको कर्नाटकविरुद्धको पाँच एकदिवसीय खेलको शृंखला जितेको छ । नेपाली यू–१९ टोलीले ३–२ ले शृंखला जितेको हो ।
प्रतियोगिता अन्तर्गत बिहीबार काठमाडौँको मुलपानी क्रिकेट स्टेडियममा खेलिएको पाँचौँ तथा अन्तिम खेलमा नेपाली यू–१९ टोलीले कर्नाटकको टोलीलाई सात विकेटको फराकिलो अन्तरले हराएको हो ।
उक्त खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको कर्नाटकको टोलीले निर्धारित ५० ओभरमा अलआउट हुनुअघि एक सय ९१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपाली यू–१९ टोलीले भने ४१औँ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण