परिवर्त्य विदेशी मुद्रामा सूचीकृत भयो ओमानी रियाल
बिहीबार, ०६ मङ्सिर २०८१, १७ : १८
काठमाडौँ । ओमानी रियाल (ओएमआर) परिवर्त्य विदेशी मुद्राको रूपमा सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले उक्त मुद्राको कारोबार तथा विनिमय गर्न पाउने गरी सूचीकृत गरेको हो ।
नेपालको एउटा प्रमुख श्रम गन्तव्यमध्ये एउटा हो । तर, यो सूचीमा सूचीकृत नहुँदा विदेशी विनिमय इजाजतपत्र संस्थाले कारोबार गर्न पाएको थिएन । साथै दैनिक रूपमा विनिमयदर प्रकाशित समेत हुने गरेको थिएन ।
अब भने यो मुद्राको सटही वैध भएको छ । ओमान जानेले ओएमआर साटेर लैजान तथा त्यहाँबाट आउनेले सोही मुद्रा लिएर आएर यहाँ साट्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण