उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किन जोङ उनले विश्वमा परमाणु युद्धको यति ठुलो खतरा यसअघि कहिल्यै नदेखिएको बताएका छन् ।
विश्वमै परमाणु युद्धको खतरा तीव्र बढेको भन्दै उनले यसका लागि अमेरिकाको ‘आक्रामक र शत्रुतापूर्ण नीति’ जिम्मेवार रहेको बताएका छन् । अमेरिकी नीति कहिल्यै नबदलिने पनि उनले प्रस्ट पारेका छन् ।
उत्तर कोरियाली सरकारी मिडिया ‘केसीएनए’का अनुसार किम जोङ उनले बिहीबार एक सैन्य प्रदर्शनीमा सम्बोधन गर्दै कोरियाली प्रायद्वीपमाथि युद्धमा सामेल पक्षहरूले यसअघि कहिल्यै यति खतरनाक टकराव सामना नगरेको बताए । उनले भने, ‘यो सबैभन्दा विनाशकारी थर्मोन्यूक्लियर युद्धमा परिणत हुन सक्छ ।’
उत्तर कोरियाली सर्वोच्च नेता उनले अमेरिकासँग वार्तामा जति अगाडि जान सकिन्थ्यो, त्यहाँसम्म उत्तर कोरिया गएको पनि प्रस्ट पारे ।
रुस र उत्तर कोरियाबिच निकटता बढिरहेको समयमा उत्तर कोरियाली सर्वोच्च नेता उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण