उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन

प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किन जोङ उनले विश्वमा परमाणु युद्धको यति ठुलो खतरा यसअघि कहिल्यै नदेखिएको बताएका छन् ।
विश्वमै परमाणु युद्धको खतरा तीव्र बढेको भन्दै उनले यसका लागि अमेरिकाको ‘आक्रामक र शत्रुतापूर्ण नीति’ जिम्मेवार रहेको बताएका छन् । अमेरिकी नीति कहिल्यै नबदलिने पनि उनले प्रस्ट पारेका छन् ।
उत्तर कोरियाली सरकारी मिडिया ‘केसीएनए’का अनुसार किम जोङ उनले बिहीबार एक सैन्य प्रदर्शनीमा सम्बोधन गर्दै कोरियाली प्रायद्वीपमाथि युद्धमा सामेल पक्षहरूले यसअघि कहिल्यै यति खतरनाक टकराव सामना नगरेको बताए । उनले भने, ‘यो सबैभन्दा विनाशकारी थर्मोन्यूक्लियर युद्धमा परिणत हुन सक्छ ।’
उत्तर कोरियाली सर्वोच्च नेता उनले अमेरिकासँग वार्तामा जति अगाडि जान सकिन्थ्यो, त्यहाँसम्म उत्तर कोरिया गएको पनि प्रस्ट पारे ।
रुस र उत्तर कोरियाबिच निकटता बढिरहेको समयमा उत्तर कोरियाली सर्वोच्च नेता उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
प्रतिनिधिसभा बैठक : सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुँदै
-
न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल