उपनिर्वाचनमा अनुमतिविना सवारी साधन सञ्चालन गरेमा २५ हजार रुपैयाँ जरिवाना
काठमाडौँ । मंसिर १६ गते हुने उपनिर्वाचनका क्रममा मतदानको दिन अनुमतिविनाका सवारी साधन सञ्चालन गरेको पाइएमा २५ हजार रुपैयाँ जरिवाना हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५(१) मा निर्वाचन प्रचारको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको संख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारी साधन प्रयोग गर्न वा गराउन हुँदैन भन्ने प्रावधान रहेको पनि आयोगले स्मरण गराएको छ ।
‘यस विपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने र जरिवाना गर्ने अधिकारीले त्यसरी प्रयोग भएको सवारी साधन निर्वाचन अवधिभरको लागि कब्जामा लिन सक्ने कानुनी व्यवस्था भएको’ आयोगले आइतबार विज्ञप्तिमार्फत सूचित गराएको छ ।
त्यसैले निर्वाचन कानुन विपरीतको कार्यमा सवारी साधन प्रयोग नगर्न वा नगराउन आयोगले सम्बन्धित सबैलाई सचेत गराएको छ । आयोगले सवारी साधनमा लाउडस्पिकर समेत प्रयोग गरी निर्वाचन प्रचारप्रसारका कार्य भइरहेको भन्ने सूचना आएको भन्दै यस्ता सवारी साधन कब्जामा लिइ आवश्यक कानुनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको पनि प्रस्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण