बिहेको अफवाहबिच मनिष मल्होत्राको घरमा किन पुगे तमन्ना–विजय ?
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता विजय वर्मा र अभिनेत्री तमन्ना भाटिया लामो समयदेखि ‘रिलेशनशिप’ मा छन् । दुवै जना प्रायः सँगै देखिन्छन् । केही दिनयता उनीहरूको बिहेको खबर भाइरल भइरहेको छ ।
यी खबरहरूका बीचमा यो जोडी फेरि एकसाथ देखिएका छन् । दुवै डिजाइनर मनिष मल्होत्राको घरमा पुगेका थिए । यो भिडियो सार्वजनिक हुने बित्तिकै उनीहरूको बिहेको हल्ला फेरि चर्किएको छ ।
बिहे गर्न लागेको अड्कल
लामो समयदेखि तमन्ना र विजय बर्माको बिहेको चर्चा चलिरहेको थियो । उनीहरू आगामी वर्ष बिहे गर्ने तयारीमा रहेको दाबी गरिएको छ । यद्यपि उनीहरूको बिहेको खबर पुष्टि भएको छैन ।
विजय र तमन्ना कसैको तर्फबाट पनि यसबारे कुनै बयान आएको छैन । यसैबिच दुवैको भिडियो सार्वजनिक भएको छ । दुबै मनिष मल्होत्राको घर बाहिर देखिएका छन् । यो देखेर युजर्सले फेरि उनीहरूको बिहेको बारेमा अड्कल लगाउन थालेका छन् ।
विजय–तमन्नासँग थिइन् फातिमा
भिडियोमा विजय वर्मा र तमन्ना भाटियासँग अभिनेत्री फातिमा सना शेख पनि छिन् । पापाराजीले विजय र तमन्नालाई एकसाथ पोज दिन आग्रह गरेको भिडियोमा देखिन्छ ।
विजय र तमन्नाबिच फातिमा निकै असहज देखिएकी थिइन् । विजय र तमन्नाले छिटै बिहे गर्न लागेको भन्दै खबरहरू आइरहेका छन् ।
कयौँ सञ्चारमाध्यमहरूले यो जोडी आफ्नो लागि नयाँ घर खोजिरहेको पनि बताएको थियो । केहीले जोडीले आउँदो वर्ष विवाह गर्ने निर्णय गरेको र दुवैले बिहेको तयारी सुरु गरिसकेको पनि भनिरहेका छन् ।
विजय र तमन्नाले आफ्नो बिहेको खबर कहिले पुष्टि गर्छन् त्यो चाँहि हेर्न बाँकी नै छ । अहिले सार्वजनिक भएको भिडियोमा दुबैका फ्यानहरूले निकै माया बर्साइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण