माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बिच भलिबल प्रतियोगिता हुने
सोमबार, १० मङ्सिर २०८१, १५ : ३५
काठमाडौँ । माघ १ देखि ५ गतेसम्म सिन्धुपाल्चोकको सुकुटेमा ७ औँ महिला तथा ८ औँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता हुने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आयोजक जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले जानकारी दिएको हो ।
बिच भलिबल प्रतियोगिताको संयोजन नेपाल भलिबल संघले गर्ने बताइएको छ । सो समयमा सुकुटेको पर्यटन प्रवर्द्धनका लागि सुकुटे बिच सांगीतिक पनि आयोजना गरिने बताइएको छ । आज एक कार्यक्रमबिच नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घबिच हस्ताक्षर भयो । सिन्धुपाल्चोक जिल्लाकै पहिचान झल्किने सुकुटे नगरीमा हुने बिच भलिबल प्रतियोगितालाई सफल बनाउन आयोजकले आह्वान समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण