आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !
काठमाडौँ । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा आइभरी कोस्टको नाममा एउटा खराब कीर्तिमान जोडिन पुगेको छ । टी–२० अन्तर्राष्ट्रियमा आइभरी कोस्ट सबैभन्दा कम योगफलमा अलआउट भएको हो ।
आईसीसी पुरुष टी–२० विश्वकपको अफ्रिकी क्षेत्रको छनोट प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को आइतबार राति खेलिएको खेलमा आइभरी कोस्ट केवल सात रनमा अलआउट भयो । लागोसमा खेलिएको उक्त छनोट खेलमा टस जिती पहिले ब्याटिङ गरेको नाइजेरियाले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय ७१ रन बनाएको थियो ।
निकै ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आइभरी कोस्टले भने ७.३ ओभरमै अलआउट हुनुअघि सात रनमात्र बनाउन सक्यो । उक्त खेलमा नाइजेरियाले आइभरी कोस्टलाई दुई सय ६४ रनको विशाल अन्तरले पराजित ग¥यो । जवाफी ब्याटिङ गरेको आइभरी कोस्टका सातजना ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् ।
नाइजेरियाका बलर प्रोस्पर युसेनी र इशाक डानलाडीले तीन–तीन विकेट लिए । पिटर अहोले पनि दुई विकेट हात पारे । सिल्भेष्टर ओकपेले पनि एक विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको नाइजेरियाका लागि ओपनर ब्याट्सम्यान सेलिम सलाउले एक सय १२ रन बनाएका थिए । उनले केवल ५३ बलमा दुई छक्का र १३ चौका पनि हिर्काए ।
अर्का ओपनर सुलाइमोन रनसेवेले पनि अर्धशतकीय योगदान गरेका थिए । विकेटकिपर ब्याट्सम्यान उनले केवल २९ बलमा आठ चौकाको मद्दतले ५० रन बनाए । यसका अतिरिक्त, नाइजेरियाका अर्का ब्याट्सम्यान इशाक ओकपेले पनि अविजित ६५ रनको योगदान गरेका थिए । उनले केवल २३ बलको सामना गरी ६ छक्का र तीन चौका हिर्काएका थिए ।
यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम योगफलको खराब कीर्तिमान मंगोलियाको नाममा रहेको थियो । सन् २०२४ को सेप्टेम्बर ५ तारिखमा खेलिएको खेलमा सिंगापुरविरुद्ध मंगोलियाले १० रनमात्र बनाउन सकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण