अनुदानमा सञ्चार सामग्री खरिदका लागि आवेदन दिन काउन्सिलको आग्रह

काठमाडौँ । प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार तथा सञ्चार माध्यमलाई निवेदन दिन आग्रह गरेको छ ।
काउन्सिलको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रम अनुसार मोफसलमा रहेका पत्रकार तथा सञ्चार माध्यमहरूलाई विभिन्न सुविधा उपलब्ध गराइँदै आएकोले ३५ दिनभित्र प्रेस काउन्सिल नेपाल मिडिया विकास कोषको सचिवालयमा लिखित वा अनलाइन माध्यममार्फत आवेदन दिन आग्रह गरिएको हो ।
छनौटमा परेका आवेदकले ल्यापटप खरिद ४० प्रतिशत, क्यामेरा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान पाउनेछन् । एक पत्रकार वा सञ्चार गृहबाट एकमात्र सुविधाको लागि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
दुर्गमका स्थानीय सञ्चार माध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने बताइएको छ । निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर, आवश्यक कागजात र इमेल अनिवार्य हुनुपर्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा नगरपालिका ‘सडक’ माग्नेमुक्त घोषणा
-
तीन वायुको प्रभाव: आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
भारतको आक्रमणबाट कश्मीरमा कति भयो मानवीय क्षति ?
-
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा