अनुदानमा सञ्चार सामग्री खरिदका लागि आवेदन दिन काउन्सिलको आग्रह
काठमाडौँ । प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार तथा सञ्चार माध्यमलाई निवेदन दिन आग्रह गरेको छ ।
काउन्सिलको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रम अनुसार मोफसलमा रहेका पत्रकार तथा सञ्चार माध्यमहरूलाई विभिन्न सुविधा उपलब्ध गराइँदै आएकोले ३५ दिनभित्र प्रेस काउन्सिल नेपाल मिडिया विकास कोषको सचिवालयमा लिखित वा अनलाइन माध्यममार्फत आवेदन दिन आग्रह गरिएको हो ।
छनौटमा परेका आवेदकले ल्यापटप खरिद ४० प्रतिशत, क्यामेरा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान पाउनेछन् । एक पत्रकार वा सञ्चार गृहबाट एकमात्र सुविधाको लागि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
दुर्गमका स्थानीय सञ्चार माध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने बताइएको छ । निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर, आवश्यक कागजात र इमेल अनिवार्य हुनुपर्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण