सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परिवारका सदस्य गुमाएका प्रकाश खतिवडाले न्याय र छानबिनको माग गर्दै संसदीय समितिमा उजुरी दिएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका घर भई हाल बालकोट भक्तपुर बस्ने खतिवडाले संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बुधबार उजुरी दिएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत साउन ९ गते भएको जहाज दुर्घटनाको मुख्य कारण एयरलाईन्स व्यवस्थापन पक्षको लापरवाही, प्राविधिक त्रुटि र मानवीय कमजारी भएको खतिवडाको दाबी छ । उक्त जहाज दुर्घटनामा खतिवडाले छोरी प्रिजा खतिवडा र ज्वाइँ मनुराजको मृत्यु भएको थियो ।
आफ्नो दाबीलाई सरकारी आयोगको प्रारम्भिक प्रतिवेदनले समेत पुष्टि गरेको भन्दै खतिवडाले न्यायका लागि आफू एयरलाइन्स, नागरिक उड्डयन कार्यालय, पर्यटन मन्त्रालय, प्रधानमन्त्रीलगायत विभिन्न निकायमा धाएपनि छानबिन र कारबाही नभएको गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै (यस्तो छ सम्भावित कार्यसूची)
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात
-
सुनसरीमा हिउँदे मकै उत्पादन वृद्धि
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट