सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परिवारका सदस्य गुमाएका प्रकाश खतिवडाले न्याय र छानबिनको माग गर्दै संसदीय समितिमा उजुरी दिएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका घर भई हाल बालकोट भक्तपुर बस्ने खतिवडाले संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बुधबार उजुरी दिएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत साउन ९ गते भएको जहाज दुर्घटनाको मुख्य कारण एयरलाईन्स व्यवस्थापन पक्षको लापरवाही, प्राविधिक त्रुटि र मानवीय कमजारी भएको खतिवडाको दाबी छ । उक्त जहाज दुर्घटनामा खतिवडाले छोरी प्रिजा खतिवडा र ज्वाइँ मनुराजको मृत्यु भएको थियो ।
आफ्नो दाबीलाई सरकारी आयोगको प्रारम्भिक प्रतिवेदनले समेत पुष्टि गरेको भन्दै खतिवडाले न्यायका लागि आफू एयरलाइन्स, नागरिक उड्डयन कार्यालय, पर्यटन मन्त्रालय, प्रधानमन्त्रीलगायत विभिन्न निकायमा धाएपनि छानबिन र कारबाही नभएको गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण