काठमाडौँ उपत्यकामा खानेपानीका पाइपलाइन मर्मत गरिँदै
बुधबार, १२ मङ्सिर २०८१, २१ : ०८
काठमाडौँ । काठमाडौँ उपत्यकामा फुटेका खानेपानीका पाइपलाइन मर्मत गरी पानी वितरण सञ्चालन गरिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को टोलीले हाल ठाउँ ठाउँमा मर्मत गरी पानी वितरण गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । खानेपानी मन्त्री प्रदीप यादवले केही दिन अघि पाइप फुटेका ठाउँमा नयाँ पाइप तत्काल जडान गरी पानी वितरण गर्न निर्देशन दिएका थिए ।
केयुकेएलको टोलीले उपत्यकाका अनामनगर, पुरानोबानेश्वर, नक्साल क्षेत्र, पानीपोखरी, कालीमाटी, त्रिपुरेश्वर, चाबहिल, गौशाला, बौद्ध क्षेत्र, जाउलाखेल, मानभवन, लगनखेललगायत क्षेत्रमा फुटेका पाइपलाइन मर्मत गरी पानी सञ्चालन गरेको केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने