परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
बिहीबार, १३ मङ्सिर २०८१, १२ : १०
_v6kz37xlfD.jpg)
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहनेछिन् ।
भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।
राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा सात जना पक्राउ
-
ओली र देउवाबिच भेटलगत्तै बालुवाटारमा क्याबिनेट बैठक सुरू
-
ओली-देउवा सहितका शीर्ष नेताहरूबिच छलफल
-
रवीन्द्र मिश्रमाथि लगाइयो अर्को अभियोग
-
रातोपाटी समाचार प्रभाव : मध्यपश्चिम विश्वविद्यालयले नियमावलीविपरीत गरेको विज्ञापन स्थगन
-
रवीन्द्रले इजलासमा भने– राज्यले मेरो निधारमा तेस्रो कालो टीका लगाइदियो