मर्चेन्ट बैंकर्सद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेट
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीरूले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग भेटघाट गरेका छ । बोर्डको कार्यालय खुमलटारमा बिहीबार प्रतिनिधिमण्डलले अध्यक्ष श्रेष्ठसँग भेटघाट गरेको संघका महासचिव निर्मल भट्टराईले जानकारी दिए ।
सो क्रममा संघका अध्यक्ष रामेन्द्र रायमाझीले अध्यक्ष श्रेष्ठलाई समग्र पुँजी बजार लाई स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउन, लगानीकर्ताको हक हित संरक्षण गर्न आग्रह गरेका थिए । भेटमा अध्यक्ष श्रेष्ठले समग्र पुँजीबजारलाई स्वच्छ, पारदर्शी तथा समय सापेक्ष आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिनिधिमण्डलमा संघका अध्यक्ष रायमाझीका साथै निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव भट्टराई, कोषाध्यक्ष शिभान्तराज पाण्डे तथा सदस्य द्वय सन्दिप कार्की र पुष्प शर्मा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण