नागार्जुनका कान्छा छोराले पनि गरे इन्गेजमेन्ट
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता नागार्जुनका कान्छा छोराले पनि इन्गेजमेन्ट गरेका छन् । अभिनेताको जेठो छोरा अभिनेता नागा चैतन्यको बिहेको चर्चा चलिरहेकै समयमा उनको कान्छो छोरा अखिल अक्किनेनीले पनि आफ्नी प्रेमिका जैनब रवाद्जसँग इन्गेजमेन्ट गरेका हुन् ।
यो खबर अखिल आफैले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका छन् । आफू र जैनबका केही सुन्दर तस्बिर पोस्ट गर्दै उनले लेखेका छन्, ‘मैले आफ्नो सच्चा साथी फेला पारे’ ।
अखिलले शेयर गरेको तस्बिरमा दुवैले अफ ह्वाइट पहिरन लगाएका छन् । पहिलो तस्बिरमा जोडीले एकअर्काको हात समातेको देखिन्छ भने बाँकी तस्बिरमा उनीहरूले रोमान्टिक पोज दिइरहेका छन् । सामाजिक सञ्जालमा यी तस्बिरहरूमाथि फ्यानहरूले माया बर्साइरहेका छन् ।
- नागार्जुनले गरे बुहारीको स्वागत
‘छोरा अखिल अक्किनेनी र हुने वाला बुहारी जैनब रवाद्जीको इन्गेजमेन्ट को घोषणा गर्न पाउँदा म निकै उत्साहित छु । जैनबलाई परिवारमा सामेल गराउन पाउँदा निकै खुसी लागिरहेको छ । यो जोडीलाई माया र आशीर्वाद दिनुहुन तपाईँहरू सबैमा अनुरोध छ ।’
जैनबलाई आफ्नो परिवारमा स्वागत गर्दै माइक्रो ब्लगिङ वेबसाइट एक्समा नागार्जुनले लेखेका छन् । अखिल र जैनबको इन्गेजमेन्टको खबर बाहिर आएसँगै फ्यान र सिने जगतका सेलिब्रेटीहरूले सामाजिक सञ्जालमा उनीहरूलाई बधाई ओइराइरहेका छन् । सबैले यो जोडीलाई खुसी र प्रेमको कामना गरिरहेका छन् ।
यसैबिच, अक्किनेनी परिवारमा नागा चैतन्य र शोभिता धुलिपालाको बिहेको तयारी तीव्र चलिरहेको छ । यही डिसेम्बर ४ मा हैदराबादको अन्नपूर्ण स्टुडियोमा यी दुईको बिहे हुँदैछ ।
अखिल अक्किनेनीको यो दोस्रो इन्गेजमेन्ट हो । यस अघि उनले सन् २०१६ मा जेवीके रेड्डीकी नातिनी श्रीया भूपालसँग इन्गेजमेन्ट गरेका थिए । यी दुईको बिहे इटालीमा धूमधामका साथ हुने भएको थियो। तर २०१७ मा उनले आफ्नो बिहे रद्द गरिदिए । श्रीयासँग अखिलले बिहे किने रद्द गरे भन्ने चाहिँ अझै खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण