गगन थापाको दाबीप्रति वर्षमानको आपत्ति
रोल्पा । नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री अफर गरेको भन्ने कांग्रेस महामन्त्री गगन थापाको भनाइप्रति आपत्ति जनाएका छन् ।
गृहजिल्ला रोल्पामा शुक्रबार आयोजित शहीद प्रतिष्ठानको प्रथम साधारण सभालाई सम्बोधन गर्दै पुनले भ्रमपूर्ण प्रचार नगर्न थापालाई चेतावनी दिए । उनले आफूहरूको प्राथमिकता सरकार नभएको भन्दै मुलुक र जनताको हितमा राम्रो काम गरेर देखाउन कांग्रेस–एमाले गठबन्धनलाई आग्रह गरे ।
कांग्रेस र एमाले दुवै दलका नेताले एकअर्कासँग धेरै दिन सहकार्य गर्न सकिन्छ भन्ने विश्वास नभएपछि आफ्नो दललाई देखाएर ‘बार्गेनिङ पावर’ बढाउन खोजेको उनको भनाइ थियो ।
‘हाम्रो अध्यक्ष प्रचण्डले कहिले र कोमार्फत देउवाजीलाई प्रधानमन्त्री अफर गर्नुभयो त्यसको पुष्टि गर्न गगन थापाजीलाई मेरो चुनौती छ’, पुनले भने, ‘आफूहरूको गठबन्धन लामो समय नजाने देखेपछि काँग्रेस–एमाले दुवैले हामीलाई देखाएर बार्गेनिङ पावर बढाउन खोजिरहेका छन् । गगनजीले केपी ओलीसँग बार्गेनिङ पावर बढाउन हुँदै नभएको हास्यास्पद दाबी गर्नुभएको छ ।’
आफूहरू कम्तीमा प्रतिनिधि सभाको यो कार्यकालभरि प्रतिपक्षमा बसेर कांग्रेस–एमाले सरकारको बेथिति, भ्रष्टाचार र कूशासनविरुद्ध जनतालाई सचेत र जागरूक बनाउने काममा लाग्ने उनको भनाइ थियो ।
उनले आफूहरू प्रतिपक्षमा बसेर सकरारका खराब कामप्रति औँला उठाउने र सुशासन, संविधान, संघीयता, समावेशिता, राष्ट्रियताको पक्षमा र कुशासन र भ्रष्टाचारका विरुद्धमा जनतालाई संगठित, जागरूक र आन्दोलित बनाउने बताए ।
बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्डले हप्तामा एकपटक आफ्ना सभापति देउवालाई प्रधानमन्त्री बनिदिन खबर पठाउने गरेको अभिव्यक्ति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण