अपराध
दुर्गा प्रसाईंका सहयोगीलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति*
शुक्रबार, १४ मङ्सिर २०८१, १५ : ३९

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंका सहयोगी हरिचन्द्र फुयललाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि प्रहरीलाई म्याद दिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
उनी बिहीबार पक्राउ परेका थिए । उनले भारतीय आपराधिक समूहको नाममा धम्की दिँदै रकम असुल्ने गरेको आरोप छ ।
*यसअघि समाचारमा प्रसाईंको समर्थक हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो