उपनिर्वाचन : पुथा उत्तरगंगा गाउँपालिकामा ११ हजार १८० जना मतदाताले मतदान गर्दै
रुकूमपूर्व । भाैगाेलिक विकताले ठगिएको हिमाली जिल्ला रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालिकामा पालिका उपाध्यक्ष र २ नम्बर वडाध्यक्ष पदमा उप- निर्वाचनको तयारी पूरा भएको छ।
गत भाद्र २८ गते काठमाडौँदेखि गृह जिल्ला रुकुमपूर्व फर्किँदै गर्दा बाग्लुङकाे भङखानीमा रा १ झ २०० नम्बर प्लेटकाे सरकारी गाडी पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र वडाध्यक्ष जसबहादुर शेर्पालीसहित उपाध्यक्षकी आमा गाेपिमाया बुढाकाे निधन भएको थियो ।
रिक्त पदमा सो पालिकामा उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोग रुकुमपूर्वले जनाकारी दिएको छ। गाउँपालिकाकाे १४ वटा वडामा २२ मतदान केन्द्र रहेको छ। जसमा ५ हजार ६ सय ७१ जना पुरुष र ५ हजार ५ सय ९ जना महिला गरि जम्मा ११ हजार एक सय ८० जनाले भोलि मतदान गर्ने निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए।
सुवेदीका अनुसार २२ मतदान केन्द्रमा सर्वदलीय बैठकले शान्तिपूर्ण, निष्पक्ष, र व्यवस्थित मतदान सुनिश्चित गर्न आवश्यक सबै व्यवस्थाहरू पूरा गरिसकेको छ।
निर्वाचनमा कुनै बाधा नपुगोस् भनेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र स्थानीय प्रशासनका सुरक्षाकर्मी परिचालन गरिएको र मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने जनकारी दिए।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, र गर्भवती महिलाहरूका लागि प्राथमिकता प्रदान गर्न विशेष व्यवस्था मिलाइएको बताए। उपनिर्वाचनमा २ नम्बर वडामा जगत घर्ती निर्विरोध निर्वाचित घोषणा भएका छन् भने उपाध्यक्ष पदकाे लागि प्रमुख राजनीतिक दलहरूबिच तीव्र प्रतिस्पर्धा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण