१२५ औँ वर्षगाँठमा बार्सालाई धक्का
शनिबार, १५ मङ्सिर २०८१, २२ : ०९
क्याम्प नाउ । क्लब स्थापनाको १२५ औँ वर्षगाँठ मनाइरहेको बार्सिलोना आफ्नै घरेलु मैदानमा स्तब्ध बन्न पुगेको छ । शनिबार भएको खेलमा बार्सा लास पालमाससँग १–२ गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमा नै लास पालमासले अग्रता लिएको थियो । बार्साकै पूर्वस्ट्राइकर सान्ड्रोले टोलीलाई अग्रता दिलाए ।
६१ औँ मिनेटमा राफिन्हाले घरेलु टोलीलाई खेलमा फर्काए । तर, लगत्तै फाबियो सिल्भाले निर्णायक गोल गर्दै लास पालमासलाई जित दिलाए । जितसँगै लास पालमास लिगको १४ औँ स्थानमा उक्लिएको छ ।
१५ खेलबाट ३४ अङ्क बटुल्दै बार्सा लिगको शीर्ष स्थानमा कायम छ । दुई खेल कम खेलेको रियल मड्रिडको ३० अङ्क छ । आइतबार गेटाफेलाई हराए रियलले बार्सासँगको दुरी कम गर्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण