पहिलो हाफमै ५ गोल गरेको आर्सनल उक्लियो दोस्रो स्थानमा
आइतबार, १६ मङ्सिर २०८१, ०३ : ०५
काठमाडौं । इंग्लिश प्रियिमर लिग फुटबलमा ५-२ को जबरजस्त जित निकाल्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राती वेष्टह्याम युनाइटेडको घरेलु मैदानमा आर्सनलले ५ गोल गरेको हो । घरेलु टोलीले जवाफमा दुई गोल मात्रै फर्काउन सक्यो ।
रोचक त के भने यी सबै गोल दुवैतर्फबाट खेलको पहिलो हाफअघि नै भएका हुन् । १०औं मिनेटमा पहिलो गोल गरेको आर्सनलले ३६ औं मिनेट जाँदा गोल संख्या चार भइसकेको थियो । र, पहिलो हाफको इन्जुरी समयमा एक गोल थप्यो ।
यो जितसँगै आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १३ खेल खेल्दा २५ अंक जोडेको आर्सनल अहिलेसम्म २ खेलमा पराजित हुँदा ७ खेलमा विजयी भएको छ भने ४ खेलमा बराबरी गर्दै अंक बाँडेको छ । शीर्ष स्थानको लिभरपुलको १२ खेलबाटै ३१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धामीसहितका विद्यार्थी नेता विनासर्त रिहा गर्न एमालेको माग
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण