मदिरा तस्करको स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु
सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट एक सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट भारतीय सीमानजिकै रहेको बडीयारपट्टी-१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरीका सई ४८ वर्षीय लक्ष्मण प्रसाद यादवको आइतबार बिहान मृत्यु भएको हो ।
भारततर्फ मदिरा तस्करी भइरहेको छ भन्ने सूचनाका आधारमा टोलीले स्कोरपियोलाई आज बिहान ३ बजेतिर चेक गर्ने क्रममा ठक्कर दिएको थियो । ठक्कर दिँदा घाइते सईलाई तत्काल उपचार गराउन रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहान लगे पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सिरहाको नरहा ४ घर रहेका यादव कचनारी–१ वडहरी बेस क्याम्पका कार्यरत थिए ।
सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्कोरपियोले यादवलाई ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाए । स्कोरपियोले मदिरा बोकेको भन्ने सूचना आए पनि स्कोरपियो भने हालसम्म फेला नपरेको उनको भनाई छ ।
पछिल्ला दिनहरूमा सीमा क्षेत्रबाट भारत लान तयार गरिएका मदिराहरू बरामद भइरहेका छन् ।
-रामभरोसी यादवबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
-
यू–१५ विश्वकपबाट रुसको फिफा प्रतियोगितामा पुनरागमनको सम्भावना
-
हाइटी र सिरियाली आप्रवासीको टीपीएस हटाउन ट्रम्प प्रशासनलाई सर्वोच्च अदालतको अनुमति
-
रास्वपा पदाधिकारीको ६ पदका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण