एसीसी यू-१९ एसिया कपमा आज नेपालले बङ्गलादेशसँग खेल्दै
काठमाडौँ । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेलमा बङ्गलादेशसँग खेल्दै छ । खेल बिहान पौने ११ बजेदेखि दुबईमा सुरु हुने छ ।
पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । श्रीलङ्काले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भएको थियो ।
हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोलीमा अर्जुन कुमाल उपकप्तान रहेका छन् । त्यस्तै, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, मायन यादव, नरेन साउद, उनिष विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव र युवराज खत्री छन् ।
त्यस्तै, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिल्साद अली र रञ्जित कुमार टोलीमा समावेश गरिएका छन् । टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् भने धीरेन्द्र चन्द सहायक प्रशिक्षक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण