ट्रम्पले आफ्नो सम्धीलाई फ्रान्सका लागि राजदूत बनाउने
वासिङ्टन । डोनाल्ड ट्रम्पले आफ्ना ज्वाइँ जेरेड कुशनरका बुवा चार्ल्स कुसनरलाई फ्रान्सका लागि अर्को अमेरिकी राजदूतको रूपमा मनोनयन गर्ने घोषणा गरेका छन्। ट्रम्पले चार्ल्स कुशनरलाई उत्कृष्ट व्यापारिक नेता र परोपकारीको रूपमा वर्णन गरेका छन्।
ट्रम्प र चार्ल्स कुशनर एक अर्कालाई घर जग्गा व्यवसायबाट चिन्छन्। सन् २००९ मा ट्रम्पकी छोरी इभान्का र चार्ल्स कुश्नरका छोरा जारेड कुश्नरको विवाहसँगै यो पहिचान नातामा परिणत भयो ।
बिजनेश स्ट्यान्डर्डका अनुसार चार्ल्स कुसनरलाई सन् २००५ मा झूटा ट्याक्स रिटर्न तयार गरेको र संघीय निर्वाचन आयोगमा गलत बयान दिएकोमा दोषी ठहर गरिएको थियो । उनले यस मुद्दामा १६ महिनाभन्दा बढी जेल सजाय सुनाइएको थियो । सन् २०२० मा ट्रम्पले राष्ट्रपतिको शक्ति प्रयोग गरेर उनलाई माफी दिए।
दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि उनले प्रशासनको महत्त्वपूर्ण पदका लागि आफन्तलाई रोजेको मानिन्छ ।
फ्रान्सका लागि राजदूतका रूपमा चार्ल्स कुसनरको नाम घोषणा गर्दै ट्रम्पले उनीसँग काम गर्न पाउँदा उत्साहित भएको बताए । ट्रम्पले भने, "हामी सँगै फ्रान्स, हाम्रो सबैभन्दा पुरानो मित्र र हाम्रो सबैभन्दा ठुलो सहयोगी,सँगको अमेरिकाको साझेदारीलाई सुदृढ गर्नेछौँ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत
-
कहिले होला सुदूरपश्चिम सरकारकाे बजेट पारित ?
-
६१ वर्षको उमेरमा आमिर खानले गरे तेस्रो विवाह
-
महोत्तरीमा करिब ४८७ किलो गाँजासहित दुईजना पक्राउ
-
जनकपुर उच्च अदालतमा दुई वर्ष पुराना मुद्दाको संख्या शून्य
-
प्रधानमन्त्री कार्यालय ‘ब्याक’, विशेष अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राहदानी आपूर्ति प्रक्रिया अघि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण