चेल्सीको जित, स्पर्स रोकियो
लण्डन । कोल पाल्मर चम्किँदा चेल्सीले प्रिमियर लिगमा एस्टन भिल्लामाथि सहज जित हासिल गरेको छ । आइतबार भएको खेलमा चेल्सी ३–० गोलले विजयी बनेको हो । भिल्ला पछिल्ला ८ खेलमा जितविहीन रहेको छ ।
खेलको सातौँ मिनेटमा निकोलस ज्याक्सनले चेल्सीलाई अग्रता दिलाए । ३६ औँ मिनेटमा पाल्मरले एन्जो फर्नान्डेजका लागि गोलको अवसर सिर्जना गरे ।
दोस्रो हाफको अन्त्यतिर पाल्मर आफैले गोल गर्दै टोलीलाई सहज जित दिलाए । सिजनमा उनको यो आठौँ गोल थियो ।
जितपछि चेल्सीले १३ खेलबाट २५ अङ्क बटुलेको छ । अङ्क बराबर भए पनि टोली आर्सनलपछि तेस्रो स्थानमा छ ।

उता, टोटनह्याम हटस्पर्स भने फुलहमसँग १–१ को बराबरीमा रोकिएको छ । खेलको ५४ औँ मिनेटमा ब्रेनान जोनसनले स्पर्सलाई अग्रता दिलाएका थिए ।
तर, १३ मिनेटपछि नै टम केर्नीले फुलहमका लागि बराबरी गोल फर्काए । खेलको अन्त्यतिर उनी रातो कार्ड खाँदै बाहिरिनुपरेको थियो ।
स्र्पस १३ खेलबाट २० अङ्क बटुल्दै लिगको सातौँ स्थानमा रहेको छ । फुलहम १९ अङ्कसहित १० औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण