अझैँ एक साता काठमाडौँ उपत्यकाको वायु गुणस्तर खराब रहने
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु गुणस्तर आगामी एक सातासम्म खराब रहने अनुमान गरिएको छ । युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले आगामी आइतबार अर्थात् मंसिर २३ गतेसम्म उपत्यकाको हावाको गुणस्तर खराब रहने अनुमान गरेको हो । जसअनुसार वायु गुणस्तर १११ देखि १३८ एक्यूआईसम्म रहने अनुमान गरिएको हो ।
सोमबार ९ः३२ सम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर १७२ एक्यूआई छ । विश्वको प्रदूषित सहरमध्ये काठमाडौँ उपत्यका सातौँ नम्बरमा छ ।
स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० एक्यूआई हुँदा राम्रो, ५१–१०० एक्यूआई हुँदा मध्यम, १०१–१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने गर्दछ । यस्तै, सो सूचकाङ्क १५१–२०० एक्यूआई पुगेमा अस्वस्थ, २०१ – ३०० एक्यूआई निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको मानिने वातावरण विभागले जनाएको छ ।
एक्यूआई मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण