प्रधानमन्त्रीको चीन भ्रमणले विमानस्थल आधा घण्टा बन्द
सोमबार, १७ मङ्सिर २०८१, १० : ४७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान लागेकाले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ ।
प्रधानमन्त्री ओली अहिले ११ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत चीन जाँदैछन् । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार प्रधानमन्त्री चढेको जहाज उड्नुअघि र पछि गरेर विमानस्थलबाट आधा घण्टासम्म अन्य उडान हुने छैनन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार १०ः३५ मा बन्द गरिएको विमानस्थल ११ः०५ मा खुल्नेछ ।
विमानस्थल बन्द गरेका कारण नेपालगन्जबाट काठमाडौँ आउन लागेको श्री एयरलाइन्सको जहाज हेटौँडामाथिको आकाशमा फन्को लाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण