पूर्णिका बनिन् ‘फेस अफ क्लासिक डाइमन्ड’ विजेता
काठमाडौँ । फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता सिजापति बनेकी छन् । राजधानीमा सम्पन्न ग्रान्ड फिनालेमा फस्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी बने । स्मृति श्रेष्ठले प्रतियोगितामा उत्कृष्ट वाकको उपाधि समेत जितिन् । सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’ को उपाधि जित्न सफल भइन् ।
शीर्ष विजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित एक वर्षका लागि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गर्दा फस्ट रनरअपले १ लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरे । विजेताहरूले क्लासिक डाइमन्डको विभिन्न परियोजनामा काम गर्ने अवसर पनि पाउनेछन् ।
क्लासिक डाइमन्डको ग्रान्ड फेशन र ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौँमा हुनेछ । सोही कार्यक्रममा विजेताहरूलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ । देशभरका विभिन्न क्षेत्रबाट अडिसनमार्फत छानिएका २६ मोडल करिब एक महिना तालिम सहित प्रतियोगितामा सहभागी भएका थिए ।
प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल माल्भिका सुब्बा, पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, अन्तर्राष्ट्रिय मोडल सविता कार्की, भारतीय सुपर मोडल दीप्ती गुजराल र कोरियोग्राफर रेहान शाह रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा दुई सय ८५ जनालाई रोजगारी
-
लेबनानमा शनिबार पनि इजरायली आक्रमण, ५ जनाको मृत्यु
-
उद्योग मन्त्रालयद्वारा ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ स्वीकृत
-
रास्वपाको प्रतिनिधि सङ्ख्या ४ हजारभन्दा बढी
-
जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका अभियुक्त पुनः चोरी काण्डमा पक्राउ
-
पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण