पूर्णिका बनिन् ‘फेस अफ क्लासिक डाइमन्ड’ विजेता

काठमाडौँ । फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता सिजापति बनेकी छन् । राजधानीमा सम्पन्न ग्रान्ड फिनालेमा फस्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी बने । स्मृति श्रेष्ठले प्रतियोगितामा उत्कृष्ट वाकको उपाधि समेत जितिन् । सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’ को उपाधि जित्न सफल भइन् ।
शीर्ष विजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित एक वर्षका लागि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गर्दा फस्ट रनरअपले १ लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरे । विजेताहरूले क्लासिक डाइमन्डको विभिन्न परियोजनामा काम गर्ने अवसर पनि पाउनेछन् ।
क्लासिक डाइमन्डको ग्रान्ड फेशन र ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौँमा हुनेछ । सोही कार्यक्रममा विजेताहरूलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ । देशभरका विभिन्न क्षेत्रबाट अडिसनमार्फत छानिएका २६ मोडल करिब एक महिना तालिम सहित प्रतियोगितामा सहभागी भएका थिए ।
प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल माल्भिका सुब्बा, पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, अन्तर्राष्ट्रिय मोडल सविता कार्की, भारतीय सुपर मोडल दीप्ती गुजराल र कोरियोग्राफर रेहान शाह रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न