हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीकी तिमल्सिना विजयी
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिना विजयी भएकी छन् । खसेको कुल ४ हजार ५२४ मतमध्ये माओवादीकी तिमल्सिना १६ सय ३७ मतसहित निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकी सविता बुढाले १५ सय ९४ मत ल्याएकी छन् । यस्तै एमालेका जाना शाहीले ११ सय ३२ मत प्राप्त गरेकी छन् भने राप्रपाले ५१
रास्वपाले २५ र स्वतन्त्र उम्मेदवारले ९ मत ल्याए । यस्तै ७८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाले रातोपाटीलाई बताए ।
०७९ मा माओवादीका चन्द्रसिंह कार्कीले ३ हजार २६९ मत ल्याएर जितेका थिए । केही समयअघि सडक दुर्घटनाका कारण मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो । माओवादीले उक्त सिट अहिले पनि सुरक्षित राख्न सफल भएको छ ।
को हुन् निर्वाचित देवकी ?
निर्वाचित भएकी तिमल्सिनाले माओवादीले थालेको सशस्त्र युद्धकै बेला रेडियो गणतन्त्रमा काम गरेकी थिइन् । पार्टीमा समीक्षा नामले चिनिने उनी साहित्यकार, लेखक तथा ग्रामीण समाजको गहिरो अध्ययन गरेकी महिला नेतृ हुन् ।
सर्केगाड नगरपालिका–८, रादेउ निवासी देवकीले विभिन्न संघ, संस्थाहरूको विभिन्न पदमा रहेर अनुभव बटुलेकी छन् । पोलिटिकल साइन्समा एमए गरेकी उनी हाल माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य छिन् ।
मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णाली प्रदेशको राष्ट्रिय सल्लाहकार समेत रहेर कर्णालीको समाज र यहाँको आवश्यकताबारे जानकार छिन् । कर्णाली साहित्य समाजको उपाध्यक्ष समेत भइसकेकी उनी पूर्व पत्रकार हुन्, उनले रेडियो गणतन्त्र नेपालमा २०६० देखि ०६३ सम्म काम गरेकी थिइन् ।
यस्तै उनले नौलो जनसन्देश दैनिक नेपालगञ्जको संवाददाता, नयाँ कर्णाली मासिक पत्रिकाको कार्यकारी सम्पादक, रेडियो मिरमिरेमा रेडियो पत्रकारका रूपमा काम गरेकी थिइन् । माओवादीको मुखपत्र जनादेश दैनिकमा समेत काम गरिन् उनले । उनले लैङ्गिक समानता, सामाजिक रूपान्तरणका विभिन्न तालिमहरू लिएर समाजको गहिरो अध्ययन गरिरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण