भारत–अस्ट्रेलिया दोस्रो टेस्ट क्रिकेट : हेजलउडपछि स्मिथ पनि घाइते
काठमाडौँ । भारतविरुद्धको बोर्डर–गावस्कर टेस्ट शृङ्खला अन्तर्गतको पहिलो खेलमा पराजित भएपछि दबाबमा परेको घरेलु टोली अस्ट्रेलिया दोस्रो टेस्टअघि एकपछि अर्को समस्यामा परेको छ ।
एडलेइडमा खेलिने दोस्रो टेस्टअघि अस्ट्रेलियाका प्रभावशाली ब्याट्सम्यान स्टिभन स्मिथ पनि घाइते भएका छन् । अस्ट्रेलिया र भारतबिचको दोस्रो टेस्ट आगामी शुक्रबार सुरु हुँदै छ ।
यसअघि पर्थमा खेलिएको पहिलो टेस्टमा भारतीय टोली दुई सय ९५ रनको विशाल अन्तरले विजयी भएको थियो । यो शृङ्खला आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गत खेलिन लागेको हो ।
त्यसैले पनि पाँच टेस्टको यो शृङ्खला भारत र अस्ट्रेलिया दुबैका लागि निकै महत्त्वपूर्ण छ । केही दिनअघि अस्ट्रेलियाका प्रभावशाली तीव्र गतिका बलर जश हेजलउड पनि घाइते भएका थिए ।
हेजलउड दोस्रो टेस्टबाट बाहिरिइसकेका छन् । स्मिथ पनि घाइते भएपछि अस्ट्रेलिया थप दबाबमा परेको छ । क्रिकेट अस्ट्रेलियाले भने स्मिथको चोट कति गम्भीर हो भन्ने विषयमा केही बताएको छैन ।
अभ्यासका क्रममा ब्याटिङ गर्दा स्मिथको औँलामा चोट लागेको समाचारमा जनाइएको छ । दोस्रो टेस्ट दिवा–रात्रि रुपमा खेलाउन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण