भारत–अस्ट्रेलिया दोस्रो टेस्ट क्रिकेट : हेजलउडपछि स्मिथ पनि घाइते
![भारत–अस्ट्रेलिया दोस्रो टेस्ट क्रिकेट : हेजलउडपछि स्मिथ पनि घाइते](https://npcdn.ratopati.com/media/news/steeven-smith_vwedxvvog5_ibkTcC0fbm.jpg)
काठमाडौँ । भारतविरुद्धको बोर्डर–गावस्कर टेस्ट शृङ्खला अन्तर्गतको पहिलो खेलमा पराजित भएपछि दबाबमा परेको घरेलु टोली अस्ट्रेलिया दोस्रो टेस्टअघि एकपछि अर्को समस्यामा परेको छ ।
एडलेइडमा खेलिने दोस्रो टेस्टअघि अस्ट्रेलियाका प्रभावशाली ब्याट्सम्यान स्टिभन स्मिथ पनि घाइते भएका छन् । अस्ट्रेलिया र भारतबिचको दोस्रो टेस्ट आगामी शुक्रबार सुरु हुँदै छ ।
यसअघि पर्थमा खेलिएको पहिलो टेस्टमा भारतीय टोली दुई सय ९५ रनको विशाल अन्तरले विजयी भएको थियो । यो शृङ्खला आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गत खेलिन लागेको हो ।
त्यसैले पनि पाँच टेस्टको यो शृङ्खला भारत र अस्ट्रेलिया दुबैका लागि निकै महत्त्वपूर्ण छ । केही दिनअघि अस्ट्रेलियाका प्रभावशाली तीव्र गतिका बलर जश हेजलउड पनि घाइते भएका थिए ।
हेजलउड दोस्रो टेस्टबाट बाहिरिइसकेका छन् । स्मिथ पनि घाइते भएपछि अस्ट्रेलिया थप दबाबमा परेको छ । क्रिकेट अस्ट्रेलियाले भने स्मिथको चोट कति गम्भीर हो भन्ने विषयमा केही बताएको छैन ।
अभ्यासका क्रममा ब्याटिङ गर्दा स्मिथको औँलामा चोट लागेको समाचारमा जनाइएको छ । दोस्रो टेस्ट दिवा–रात्रि रुपमा खेलाउन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार