यू–१९ एसिया कप क्रिकेट : अफगानिस्तानलाई हराउन नेपालले १२४ रन बनाउनु पर्ने
काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ एसिया कप क्रिकेटमा मंगलबार अफगानिस्तानले नेपाललाई जितका लागि एक सय २४ रनको लक्ष्य दिएको छ । प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा भइरहेको छ ।
_pzkbXBkZBY.jpg)
टस जिती पहिले ब्याटिङको निर्णय लिएको अफगानिस्तानले निर्धारित ५० मध्ये ३५.४ ओभरमै अलआउट हुनुअघि एक सय २३ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका लागि फैसल सिनोजादावाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
_YsNwaFsvr9.jpg)
तेस्रो नम्बरमा क्रिज समाल्न आएका फैसलले अर्धशतकीय पाली खेले । उनले ५२ रन बनाए । यस क्रममा उनले ६७ बलको सामना गरी दुई छक्का र चार चौका प्रहार गरे । अफगानिस्तानका दुवै ओपनर ब्याट्सम्यान शून्य रनमै पभेलियन फर्किएका थिए ।
_P86X93BSzA.jpg)
अफगानिस्तानका लागि बर्कत इब्राहिमजाईले १२ रन बनाए । अफगानिस्तानलाई सस्तोमा समेट्न नेपाली बलर युनिस ठकुरीले तीन विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै केवल २४ रन खर्चिएका थिए । सन्तोष यादवले पनि तीन विकेट हात पारे । उनले ४.४ ओभरमा २२ रन खर्चिए । हेमन्त धामी र अभिषेक तिवारीले पनि दुई–दुई विकेट लिए ।
_yyql0Ko6ae.jpg)
जारी प्रतियोगितामा नेपाली टोली सान्त्वना जितको खोजीमा छ । नेपाली टोली यसअघि नै उपाधि होडबाट भने बाहिरिइसकेको छ । यो नेपालको अन्तिम खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।
_fJRohK4PuP.jpg)
दोस्रो खेलमा नेपाली टोली बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । जारी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । उक्त समूहमा चारवटै टोलीले दुई–दुई खेल खेलिसक्दा चार अङ्कसहित श्रीलंका पहिलो र समान अङ्क बटुलेको बंगलादेश दोस्रो स्थानमा छन् ।
_Rr3GzzxKQf.jpg)
श्रीलंका र बंगलादेश प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । नेपाल र अफगानिस्तान भने अन्तिम खेलअगावै उपाधि होडबाट बाहिरिने निश्चित भइसकेको छ । त्यसैले यी दुवै टोली मंगलबारको खेलमा सान्त्वना जितको खोजीमा छन् ।
पाकिस्तान, आयोजक यूएई, भारत र जापान प्रतियोगिताको समूह ‘ए’ मा छन् । उक्त समूहमा चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । चार अङ्कसहित पाकिस्तान पहिलो, दुई अङ्कसहित यूएई दोस्रो, समान अङ्क जोडेको भारत तेस्रो र अङ्क जोड्न नसकेको जापान चौथो स्थानमा छन् । पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण