राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदन पेस गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रतिवेदनमा आयोगले एक वर्षको गरेको काम र मुलुकको मानवअधिकारको अवस्थाका विषय समावेश गरिएको बताए । उनले आयोगमा भएका उजुरीउपर भएका छानबिन, अनुसन्धान, अनुगमन तथा नेपाल सरकारलाई गरेका सिफारिस समेत प्रतिवेदनमा समावेश गरिएको बताए । उनले आर्थिक वर्ष २०८०/०८१मा आयोगका कार्यालयमा मानवअधिकारको उल्लङ्घन सम्बन्धी ११० उजुरी दर्ता भएको बताए । उनले यो अवधिमा पुराना र नयाँ गरी ३६८ उजुरीको अनुसन्धान सम्पन्न भएको उल्लेख गरे ।
अध्यक्ष मगरले अनुसन्धानको विषयमा ३९ पटक बैठक बसी १६१ वटा उजुरी र नीतिगत सिफारिस गरिएको बताए । उनले यो अवधिमा २७६ उजुरी तामेलीमा राखिएको १५ उजुरी खारेज गरिएको बताए ।
राष्ट्रपति पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानुनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण