दक्षिण कोरियामा आपत्कालीन ‘मार्शल ल’ लागू
सोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले मंगलबार देशमा आपत्कालीन सैन्य कानुन (मार्शल ल) लागू गरेका छन् । राष्ट्रपति युनले टिभीमा यो घोषणा गरेका हुन् ।
उनले देशको संविधान र कानुन बचाउन यो कदम आवश्यक रहेको बताए । यो निर्णयले देशको सरकार र लोकतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने तुरुन्तै स्पष्ट छैन । उनले देशको प्रतिपक्षले संसद्लाई नियन्त्रण गर्ने, उत्तर कोरियाप्रति सहानुभूति राखेको र राज्यविरोधी गतिविधिमार्फत सरकारलाई अस्थिर बनाएको आरोप लगाए ।
यद्यपि, युनले मार्शल ल कति समयसम्म लागू रहने बताएनन् । वास्तवमा, आपत्कालको अवस्था हुँदा मात्र मार्शल ल लगाइन्छ । प्रतिपक्षी दल लोकतान्त्रिक पार्टीले मार्सल ल लगाउने घोषणालाई असंवैधानिक बताएको छ ।
दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार सेनाले सबै प्रकारका संसदीय कारबाही निलम्बन गरेको घोषणा गरेको छ । योनहाप न्युज एजेन्सीले सांसदहरूलाई सभा भवनमा प्रवेश गर्न निषेध गरेको जनाएको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा राजधानी सोलको संसद् भवन बाहिर ठुलो सङ्ख्यामा सुरक्षा बल तैनाथ गरिएको देख्न सकिन्छ ।
युनले सन् २०२२ मा राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षमा ८७ अर्ब ३५ करोड रुपैयाँ रासायनिक मलमा खर्च
-
अखिल क्रान्तिकारीको महासचिवमा ८ जनाको उम्मेदवारी, दुईले लिए फिर्ता
-
‘वामदेव एकीकृत समाजवादीमा आउने पक्का भएपछि केपी ओली रोक्न लाग्नुभयो’
-
तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड : उत्कृष्ट अभिनेता मुकुन, अभिनेत्रीमा दिया
-
अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी
-
तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति गरिसक्ने